Logo

राजनीति

रविको नागरिकता विवादमा सर्वोच्चले गरेकाे फैसलाबारे सागर ढकाल भन्छन् – ‘दुख दिने मनसाय बेठिक छ’



काठमाडौं । युवा नेता सागर ढकालले रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको फैसला ठिक भए पनि दुःख दिने मनसाय गलत देखिएको बताएका छन् । उनले उसैगरी आफूलाई पनि विभिन्न मुद्दामा फसाउन सक्ने आशङ्का पनि व्यक्त गरेका छन् ।

सबै युवाहरू सानातिना प्राविधिक कारण देखि लिएर ठूला मुद्दा मामिलामा झ‌न् सशक्त र सजग भई अगाडि बढ्नु पर्ने देखिएको उनको ठहर छ । ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गुलेली झन् तन्किएको छ । पुराना पार्टीहरूले जति गरे पनि यो शक्ति सजिलै चुँड्ने देखिँदैन। हजारौँ परिवर्तनका शक्तिको जन्म भइसकेको छ। अदालतको नजिर ठिक छ। दुख दिने मनसाय बेठिक छ। सोच्दै छु मलाई पनि मुद्दा चाहिँ के लाग्ने होला ? एउटा पार्टी/व्यक्तिलाई एक ठाउँबाट रोके अर्को ठाउँबाट अर्को अनुहार/पार्टी भएर फुट्छ। यो शक्ति रोकेर कुनै पनि हालतमा रोकिने वाला छैन। हामी सबै युवाहरू सानातिना प्राविधिक कारण देखि लिएर ठुला मुद्दा मामिलामा झ‌न् सशक्त र सजग भई अगाडि बढ्नु पर्ने देखिन्छ ।’

यो घटना विदेशमा बस्ने र नेपाल फर्कन चाहने नेपालीहरूलाई झन् राम्रो पाठ भएको उनले बताएका छन् । ‘सधैँ विदेशिएर हुँदैन, हजुरहरू पनि अब प्रक्रिया पुर्‍याएर नेपाल फर्कनुस् । देश बनाउन आउनुस्’, उनले भनेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १३:३८   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।