पाल्पा । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम गर्न नेपाली कांग्रेसले एमालेको उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएका छन् । नेकपा एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने जिकिर गर्दै उनले त्यसमा राष्ट्रिय सहमति कायम गर्न कांग्रेस पनि सहभागी हुन सक्ने धारणा राखे ।
शनिबार प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताउँदै यस्तो धारणा राखेका हुन् ।
उपमहासचिव ज्ञवालीले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई पनि कन्भिन्स गर्न सक्ने बताए । कांग्रेसले प्रधान्मन्त्रीलाई विश्वासको मत दिएर धमिलो खोलामा माछा मार्न खोजेको बताउँदै पद साट्न र सत्ता मोहको पछि लाग्दा कांग्रेस असल प्रतिपक्षसमेत बन्न नसकेको आरोप उनले लगाए ।




















प्रतिक्रिया