Logo

राजनीति

गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डलाई



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् । शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी राष्ट्रपति विदादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्रालयको कार्यभार तोकेको जानकारी दिएको हो ।

विज्ञप्तिमा गृहमन्त्री रवि लामिछानेले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएकाले गृहमन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई दिइएको उल्लेख छ ।

सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि लामिछानेले शुक्रबार गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १४:१७   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।