Logo

समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रोकियो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रोकिएको छ । अध्यागमन विभागको सर्भर डाउन हुँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान ठप्प भएको हो ।

अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।फ्लाई दुबई, इन्डिगो एयर, एयर इन्डिया लगायत ५/६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको बताइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १४:५०   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।