Logo

राजनीति

महासचिव गौतमले भने : संघीयतामाथि प्रश्न नगरौं, यसबाट द्वन्द्व निम्तिन्छ



काठमाडौं । संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले संघीयतामाथि प्रश्न नगर्न आग्रह गरेका छन् । शनिवार काठमाडौँमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय संघीयताको विषयलाई लिएर विभिन्न प्रश्न उठिरहेको भन्दै संघीयतामाथि प्रश्न गर्नुले द्वन्द्व निम्तिने बताए ।

महासचिव गौतमले हरेक १५ वर्षमा देशको संरचना परिवर्तन गरेर जान नसकिने स्पष्ट पारे । उनले भने, ‘संघीयता भएपछि सात प्रदेश छन्, सात हुँदा पनि चलाउन सकेनौ भनेका छौँ, यसमा म अप्रेशनल कुरा देख्छु । अब संघीयतालाई फेरि अर्को प्रश्न गरेर यसलाई द्वन्द्व निम्त्याउनु छ र हामीले ?’

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १८:०३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।