Logo

राजनीति

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्तिको अडान



काठमाडौं । माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति पार्टी संघ वा प्रदेश कुनै सरकार सहभागी नहुने अडान राखेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म आफूहरु कुनै पनि सरकारमा सहभागी नहुने स्पष्ट पारेकी हुन् ।

शनिबार बुटवलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा श्रेष्ठले रेशम चौधरीलगायतका टीकापुर घटनाका बन्दीहरुलाई रिहा नगरेसम्म सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान कायमै रहेको बताइन् । आफ्नो पार्टीको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा आफ्नो पार्टी नरहेको पनि अध्यक्ष श्रेष्ठको प्रष्टीकरण थियो ।

“टीकापुरका निर्दोष थारुहरुलाई रिहाइ गर्नुस्, हामी सरकारमा जान्छौँ भनिरहेका छौँ । सुदूरपश्चिम सरकारलाई पनि हाम्रो माग मुद्दा सम्बोधन भएपछि मात्रै विश्वासको मत दिन्छौँ भन्ने हाम्रो कुरा हो,” उनले भनिन्, “त्यसो भएन भने हामी बैठक बसेर आवश्यक निर्णय गछौंँ । आफूहरुको माग सम्बोधन नभई हामी संघ र प्रदेश कुनै पनि ठाउँमा सरकारमा जाने पक्षमा छैनौँ ।”

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १९:१९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।