Logo

राजनीति

अहिले तमासाहरु भइरहेको छ, अझै कति हुने हो हेर्न बाँकी छ : अध्यक्ष नेपाल



सप्तरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले मुलुकको राजनीति गोलचक्करमा फसेको बताएका छन् । उनले गोलचक्करबाट देश कसरी निस्कने त्यो चिन्ताको विषय भएकोसमेत बताए ।

राजविराजमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले नेतृत्व सत्ता कब्जाको सोचले ग्रसित रहेको टिप्पणी पनि गरे । ‘सत्ता कब्जाको दाउ चलिरहेको छ,’ नेपालले भने, ‘सत्ता कब्जा गर्ने दाउ चलिरहेको छ, सभामुख, राष्ट्रपति कब्जा गर्ने, पछि प्रधानमन्त्री कब्जा गर्ने त्यसपछि राज्यका अन्य निकाय कब्जा गर्ने सोचबाट नेतृत्व ग्रसित छ ।’

वर्तमान सरकार आएपछि अहिले तमासाहरु भइरहेको नेपालको आरोप छ । ‘तमासाहरु भइरहेको छ, अझै कतिवटा तमासा आगामी दिनमा हुने हो त्यो हेर्न बाँकी नै छ ।’

एमालेले राष्ट्रपति पाए उसलाई कसैले छुन नसक्ने उनले बताए । ‘राष्ट्रपति एमालेले पायो भने उसलाई कसैले छुन सक्दैन्, यो कुरा माओवादीले बुझ्या छन् कि छैनन् ?’ नेपालले भने, ‘एमालेमा असहिष्णु र संकीर्ण सोच छ ।’

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १९:४६   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।