Logo

प्रमुख समाचार

चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलबिक्रम कार्की निर्वाचित



नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् । कार्की ३ हजार ५३७ मतका साथ विजयी भएका हुन् ।

अध्यक्षका अर्का उम्मेदवार प्रगतिशील समूहका डा. सन्तोष पौडेलले २ हजार २२३ र स्वतन्त्र उम्मेदवार डा. शिवजीविक्रम सिलवालले २९० मत प्राप्त गरे ।

मंगलबार सम्पन्न मतगणना अनुसार एक जना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।

यस्तै, महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा. सञ्जीव तिवारी २९१८ मतका साथ विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी डा. अमृत भुसाल १५४१ मत ल्याएर भने अर्की उम्मेदवार डा. रक्षा श्रेष्ठले भने १५०५ मत ल्याएकी छन् ।

मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह ३०८१ मतका साथ विजयी बने । उनका निकतम प्रतिद्वन्द्वी डा. महेश महासेठले १५७४ मत पाए भने अर्का उम्मेदवार डा. अजयकुमार मिश्रले ११२४ मत ल्याए ।

बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले ५३५३ मतका साथ विजय हासिल गरे । उनका प्रतिस्पर्धी डा. सञ्जय ठाकुरले २२१४ मत ल्याए । गण्डकी प्रदेशमा डा. राजन शर्माले ३३२२ मतका साथ विजयी बने भने उनका प्रतिस्पर्धी डा. विकास गौचन २३९० मत ल्याए । यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट ३३५९ मतका ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी डा. निरज अर्याल २३०८ मत ल्याए ।

सदस्यहरुमा लोकतान्त्रिक समूहका डा. अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा. सृजना विष्ट, डा तेज्सुसिंह मल्ल, डा. युभिन कुमार यादव र प्रगतिशिल समूहकी डा. स्मृती महत विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्ष डा. वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा. केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा विपेश आचार्य, कोषाध्यक्ष डा प्रमोद जोशी, सह–कोषाध्यक्ष डा विक्रान्त ढकाल र सह–सचिवमा डा लिजन महर्जन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार  १० : ५६ बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।