Logo

समाचार

शरीरमा आइरनको कमी भएको कसरी थाहा पाउने ?



के तपाईलाई प्रायः थकित र सास फेर्न गाह्रो महसुस गर्नुहुन्छरु वा कसैले छाला सुकेको देखिन्छ भन्नु भएको छ ।

यदि त्यसो हो भने, रगतमा रन (फलाम) को कमी हुन सक्छ, जुन संसारमा सबैभन्दा सामान्य पोषण समस्या मध्ये एक हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब ३० प्रतिशत मानिस एनिमियाबाट पीडित छन् ।

यो एक अवस्था हो जसमा शरीरको रातो रक्त कोशिकाहरूमा खनिजहरूको कमी हुन्छ जसको कारण कोशिकाहरूमा अक्सिजन कम मात्रामा पुग्छ । तर यो अवस्था आफैं निदान र उपचार गर्नु हुँदैन किनभने त्यस्ता लक्षणहरू अन्य समस्याको संकेत मात्र हुन सक्दैन । तर अधिक फलामको खपतले कलेजोलाई पनि क्षति पुर्‍याउन सक्छ ।

डाक्टरलाई कहिले भेट्ने ?

अत्यधिक थकान र ऊर्जाको कमी

सास फेर्न गाह्रो हुनु

मुटुको चाल बढ्य

छालामा पहेंलोपन

ब्रिटिश नेसनल हेल्थ सर्भिस र मेयो क्लिनिकका अनुसार यी एनिमियाका सबैभन्दा सामान्य लक्षण हुन्।

तर त्यहाँ अन्य लक्षणहरू पनि छन्

टाउको दुख्ने र चक्कर लाग्ने

जिब्रोमा सूजन वा दुखाइ

अत्यधिक कपाल झर्नु

कागज जस्ता गैर–खाद्य वस्तुहरूको लागि लालसा

मुखमा घाउ

नङहरू बिग्रनु

बारम्बार खुट्टा चलाउने बानी

एनीमिया को कारण ?

कुनै पनि व्यक्तिमा एनिमिया हुनुका धेरै कारण हुन सक्छन् ।

तर यसको मुख्य कारण भनेको खानामा आइरनको कमी हुनु हो किनभने हाम्रो शरीरले यो खनिज आफैं उत्पादन गर्न सक्दैन । तर आफ्नो शरीरमा आइरनको कमी नहोस् भननका लागी आइरन युक्त चिजहरू खाएर आफ्नो कमीलाई पूर्ति गर्न चाहेमा शरीरले सबै प्रकारको आइरन सोस्न सक्दैन भन्ने बुझ्नुपर्छ ।

फलाम हेम र नन–हेम दुई प्रकारको हुन्छ। हेम आइरन रातो मासु, कलेजो, अण्डा र माछामा पाइन्छ, जुन सजिलै पचाउन सकिन्छ । यससँगै गाढा हरियो पातदार तरकारी जस्तै पालक र दालमा पनि आइरन पाइन्छ तर समस्या यो नन हेम प्रकारको आइरन हो ।

यसको मतलब तरकारीबाट प्राप्त हुने धेरै फलाम पचाउन सकिन्छ । यसका साथै रोटी र ब्रेकफास्टमा ओट्समा पनी खनिज तत्वहरू पाइन्छ तर यो पनि पचाउन नसक्ने खालको हुन्छ ।

कफी पिउनु अघि पर्खनुहोस्

आफ्नो खाना तयार गर्ने तरिका र त्यससँग के पिउने, त्यसबाट कति आइरन पाइन्छ भन्ने कुराले फरक पार्न सक्छ ।

पोषण वैज्ञानिक पल शार्पले किंग्स कलेज लन्डनमा मानिसको पाचन प्रक्रिया बुझ्न केही प्रयोग गरे ।

यस परीक्षणमा खानाको पाचन प्रक्रियामा संलग्न इन्जाइमको प्रभाव र आन्द्राका कोशिकाहरूमा हुने रासायनिक प्रतिक्रिया देखाएर शरीरले कति फलाम अवशोषित गर्न सक्छ भनी पत्ता लगाइएको थियो ।

पल शार्पले आफ्नो परीक्षणमा बिहानको खाजामा सुन्तलाको जुस पिए अन्न खानु भन्दा धेरै फलाम लिने देखाए ।

सुन्तलाको जुसमा भिटामिन सी हुन्छ र यसले शरीरलाई खानासँगै आइरन लिन सजिलो बनाउँछ । तर यदि बिहानको खाजामा अनाजसँग कफी पिए कम फलाम पाउन सकिन्छ ।

प्रश्न उठ्छ किन यस्तो हुन्छरु पल शार्पका अनुसार कफीमा पोलिफेनोल नामक रसायन हुन्छ । यसले फलामको घुलनशीलता कम गर्छ । त्यसैले यदि तपाईं बिहानको खाजामा सन्तुलित आहार लिइरहनुभएको छ भने त्यसको साथमा एक गिलास सुन्तलाको जुस लिनु वा सुन्तला खानु आइरनको हिसाबले फाइदाजनक हुन्छ ।

यदि यसो गरे बिहानको खाजा पछि कफी पिउन कम्तिमा ३० मिनेट पर्खनुपर्छ ।

हरियो पत्तेदार तरकारी

तर अधिक प्राकृतिक स्रोतहरूबाट फलाम प्राप्त गर्दै हुनुहुन्छ भने के हुन्छ ?

बन्दाकोबी फलामको राम्रो स्रोत हो, तर हामीले यसलाई पकाउँदा यसको आइरनको मात्रा कम हुन सक्छ । यसको कारण बन्दागोभीमा सुन्तला जस्तै भिटामिन सी प्रशस्त हुन्छ। भिटामिन सी पानी उमालेपछि जान्छ ।

त्यसैले पूर्ण पोषण चाहिन्छ भने यसलाई काँचो वा स्टिम गरेर खान सकिन्छ। आइरन र भिटामिन सीले भरिएका अन्य तरकारीहरूसँग पनि त्यस्तै गर्नुपर्छ ।

तर पालक यस मामला मा फरक छ । शार्पले उमालेको पालकले ५५ प्रतिशत बढी प्रयोग योग्य आइरन निकालेको फेला पारेको छ ।

‘पालकमा अक्सलेट हुन्छ जसले आइरनलाई जोड्छ ।’

शार्प बताउँछन् ‘जब हामीले पालक उमाल्छौं, यसले पानीमा अक्सालेट्स छोड्छ, र त्यहाँ रहेको फलाम अवशोषित हुने सम्भावना बढी हुन्छ ।’

आटा कस्तो छ ?

सबैभन्दा राम्रो रोटी अमिलो रोटी हो (जसमा खमीर बनाइँदैन) गहुँमा फाइटिक एसिड हुन्छ जसले शरीरमा आइरनको अवशोषणलाई कम गर्छ ।

अमिलो रोटी बनाउँदा यो ध्यान दिनुपर्छ कि फर्मेन्टेसनको प्रक्रियामा, फाइटिक एसिड टुट्छ जसले गर्दा बाँकी रहेको फलाम अवशोषणको लागि उपलब्ध हुन्छ । बीबीसी

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार २२:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।