Logo

प्रमुख समाचार

दुर्गा प्रसाईँको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र अतिथि



काठमाडौँ । नेकपा एमाले नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँको कार्यक्रममा पूर्वराजा सहभागी भएका छन् । प्रसाईले सुरु गरेको ‘राष्ट्र , धर्म र नागरिक बचाऊ महाअभियान ’कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सहित उनकी पत्नी कोमल राज्यलक्ष्मी र छोरा पारस सहित स परिवार सहभागी भएका हुन्।

कार्यक्रम झापाको काँकडभिट्टामा आयोजना गरिएको हो। प्रसाईँले आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रिय झण्डा बोकेर सर्वसाधारण र केहि राजावादी समेत उपस्थित भएका थिए।

प्रमुख अतिथिका रुपमा बोलाईएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा उपस्थित भएनन्।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार १६:०७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।