Logo

अर्थ

खल्तीबाट हरेक दिन रु. १ मा फ्लाइट टिकेट र बम्पर पुरस्कारमा वनप्लस ११ जित्ने मौका



खल्तीले प्रयोगकर्ताहरुका लागि आफ्नो फ्ल्यागशिप अफर फेरि लिएर आएको छ । जसमा खल्तीमार्फत उडान टिकट बुक गरी बम्पर पुरस्कारका रुपमा वनप्लस ११ स्मार्टफोन जित्ने मौका पाउनेछन् । यसका साथै प्रत्येक दिन एक भाग्यशाली विजेताले फ्लाइट टिकट खरिदमा मात्र रु. १ मा उडान टिकट प्राप्त गर्नेछन् ।

फागुन १ गतेदेखि चैत १५ गतेसम्म ४५ दिनसम्म चल्ने यो अफरले प्रयोगकर्तालाई आफ्नो उडान टिकटमा बचत गर्ने अवसर प्रदान गर्नुका साथै रु. १ लाख ३४ हजार ९९९ मूल्यको नयाँ वनप्लस ११ जित्ने अवसर पनि प्राप्त गर्नेछ । वनप्लस ११ हालैमात्र नेपालमा उपलब्ध भएको छ ।

खल्तीका सबै प्रयोगकर्ताले खल्ती एपमार्फत आफ्नो उडान टिकट बुक गरी प्रयोगकर्ताहरु दैनिक रु १ मा हुने उडानको लक्की ड्र र वानप्लस ११ को बम्पर पुरस्कारका लागि योग्य हुनेछन् । दैनिक उडान टिकटको विजेता घोषणा खल्तीको फेसबुक पेज र ब्लगमा गरिनेछ भने बम्पर पुरस्कारको विजेता घोषणा खल्ती फेसबुक पेजमा फेसबुक लाइभमार्फत गरिनेछ ।

यस अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यो फ्ल्यागसिप अफर विगतमा पनि हाम्रो सबैभन्दा ठूलो सफलता रहेको हुँदा हाम्रा सबै प्रयोगकर्ताहरुका लागि यो अफर फेरि लिएर आएका छौँ । अफरसँगै प्रयोगकर्ताले खल्तीबाट फ्लाइट टिकट बुकिङ गर्दाको सहजता अनुभव गर्ने अपेक्षा राख्दछौँ ।’

नयाँ खल्ती प्रयोगकर्ताहरुले प्रोमोकोड ‘फ्लाईविथखल्ती‘ प्रयोग गरी पहिलोपटक फ्लाइट बुकिङ गर्दा ३०० रुपैयाँको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अफरमा सहभागी हुन भने केवाईसी भेरिफाई गर्न अनिवार्य छ । केवाईसी भेरिफाइ नभएका प्रयोगकर्ताले पनि सजिलै केही मिनेटमै केवाईसी भेरिफाइ गराएर अफरमा सहभागी हुन् सक्नेछन् ।

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ ।

हाल खल्तीमा देशभरिका ३१ लाखभन्दा बढी प्रयोगकर्ता, ७० हजारभन्दा बढी एजेन्ट, ६० हजारभन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, १ हजारभन्दा बढी सहकारी र २५० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि गरेको छ । सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार ११:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।