Logo

खेलकुद

नेपाल र नामाबियाबीच खेल सुरु : टस जितेर नेपालले फिल्डिङ रोज्यो



आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र नामिबियाबीचको खेल सुरु भएको छ ।

किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा सुरु भएको नेपालले टस जितेर बलिङ गर्ने भएको छ ।

हिजो नेपालले नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो । त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो ।

लिग–२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालका लागि एक महिनाको बीचमा तीन वटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दैछ । जसमा सुरुवाती दुई खेलमा नेपाल विजयी भएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार ०९:१७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।