काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गत नामिबिया, नेपाल र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ । जान ग्रीनले अविजित ७५ रन बनाएपछि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभर खेल्दै ६ विकेट गुमाएर २७४ रन बनाएको हो ।
जेन ग्रिनले नटआउट ७५ रन जोडे । उनले ६३ बलमा ११ चौका र १ छक्का प्रहार गरे । ये फ्रान्सले ४९ रन जोड्दा ओपनर लो लाउरेन्सले ४१ रन जोडे । नामिबियाले अन्तिम १० ओभरमा ११५ रन जोडेको थियो ।
सोमपाल कामीले ४९औं ओभरमा नन पिक्की या फ्रान्सलाई रनआउट गरेका थिए । सातौं नम्बरमा ब्याटिङ गरेका फ्रान्सले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ४९ रन बनाए । लो हान्ड्रे लौरेन्स र कार्ल विर्केन्स्टोकले पहिलो विकेटका लागि ६४ रनको जोडेका थिए । लौरेन्सले ४१ र कार्लले २० रन बनाए ।
यस्तै माइकल भान लिगेनले २२ रन बनाए भने कप्तान गेर्हार्ड एरासमस र जान निकोल लोफ्टी एटोनले समान १५ रन जोडे । नेपालका लागि सन्दीपले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । अघिल्लो खेलमा ५ विकेट लिएका करणले आज १ विकेट मात्र लिए । त्यसका लागि उनले ९ ओभरमा ७० रन बताए ।
करण केसीले ९ ओभरमा ६१ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चिए तर विकेट लिन सकेनन् । नामिबियाका दुई खेलाडी रनआउट भए । क्वालिफायर प्लेअफमा लिग टु का चार टिम र च्यालेन्ज लिगका दुई टिम गरी छ टिमबीच प्रतिस्पर्धा हुनेछ ।




















प्रतिक्रिया