काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपालको स्वास्थ्य बीमाको मोडल गलत रहेको भन्दै चिन्ता जनाएकी छन् ।
बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले अर्बपति र गरिबले एउटै शुल्क तिर्नुपर्ने बीमाको मोडल गलत भएको बताएकी हुन् । ‘वैज्ञानिक ढंगले स्वास्थ्य बीमाको शुल्क तोकिनुपर्छ’ डा. कार्कीले भनिन् । अस्पतालहरुले बीमावापत दिइएको एक लाखको हेल्थ प्याकेजलाई जसरी पनि खर्च गर्नुपर्छ भन्ने मान्यता राखेर अनावश्यक परीक्षण पनि गर्न लगाउने गरेको भन्दै डा. कार्कीले यसको नियमन एकदमै फितलो भएको बताइन् ।
आगलागीमा परेका सांसद चन्द्र भण्डारीको ३० प्रतिशत शरीर जलन हुँदा पनि कीर्तिपुर अस्पतालले उपचार गर्न नसकेर रेफर गर्ने अवस्था रहनु दुखद भएको डा. कार्कीले बताइन् । देशमा आत्महत्या बढ्दै गएकाले सेवालाई व्यवस्थित गर्न र विस्तार गर्न माग गरिन् ।




















प्रतिक्रिया