काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् ।
आईसीसी लिग टूको त्रिकोणात्मक सिरिजका लागि क्यानले बोलाएका २८ जना खेलाडीको सूचिमा लामिछानेको नाम छैन । नेपाल क्रिकेट संघ क्यानले युएई जाने खेलाडीको सूचीमा लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेको मुद्धा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेकाले विदेशमा हुने खेलमा क्यानर्ले समावेश नै नगरेको स्रोतले बताएको छ ।
नेपालले लिग टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ । १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछ ।
उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेपछि क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने उनलाई टिममा राखेको थियो । उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो ।




















प्रतिक्रिया