Logo

राजनीति

राष्ट्रपति पदका उम्मेदवारविरुद्ध परेन उजुरी



काठमाडौं । राष्ट्रपति निर्वाचनका उम्मेदवारहरुविरुद्ध कुनै उजुरी परेन । फागुन २५ मा हुने राष्ट्रपति पदको चुनावका लागि शनिबार नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङको उम्मेदवारी परेको थियो ।

उक्त उम्मेदवारीविरुद्ध आइतबार बिहान १० बजेदेखि २ बजेसम्म उजुरी गर्ने समय निर्वाचन आयोगले उपलब्ध गराएको थियो। तर उक्त समयमा उम्मेदवारहरुविरुद्ध कुनै उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १६:११   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।