Logo

प्रमुख समाचार

आठ दलीय गठबन्धनले बनायो कार्यदल, राष्ट्रपति चुनावमा सदस्यले आफ्नो पार्टीको जिम्मा लिनुपर्ने



काठमाडौं । आठ दलीय नयाँ गठबन्धनले राष्ट्रपति चुनाव लक्षित कार्यदल बनाएको छ । आइतबार साँझ बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठकले उक्त कार्यदल गठन गरेको हो ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका अब्दुल खाँ, लोकतान्त्रिक समाजवादीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी सदस्य छन् । कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आ–आफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ ।

२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । सो निर्वाचनमा ८ दलको साझा उम्मेदवार रामचन्द्र पौडेल रहेका छन् । उनको प्रतिस्पर्धा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग हुँदैछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार २०:५३   :  बजे

744
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।