Logo

राजनीति

एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा



काठमाडौं । नेकपा एमलेको सचिवालय बैठक जारी छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यलयमा बैठक बसिरहेकाे हो । बैठकमा आसन्न राष्ट्रपति निर्वाचन, सरकारबाट बाहिरिने या के गर्ने भन्ने समग्र पछिल्लो राजनीतिक घटनाक्रमबारे निर्णय हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेको विषयमा पनि छलफल हुने छ । पुस १० मा सरकार बन्दा एमालेले राष्ट्रपति पाउने सहमति भएपनि राष्ट्रपति निर्वाचनमा समीकरण फेरिएको छ । सत्तासीन माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।

पौडेललाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपला, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाको समर्थन छ । एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १२:१५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।