Logo

खेलकुद

नेपालका लागि सोमपालले लिए पहिलो विकेट



काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध खेलिरहेको छ ।

नेपालले टस जितेर अहिले बलिङ गरिरहेको छ । यूएईमा जारी खेलमा नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका छन् ।

उनले पाँचौं ओभरको पहिलो बलमा टोनी उरालाई २ रनमा आउट गरेका हुन् । उनले उरालाई बोल्ड आउट गराएका हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १२:२९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।