Logo

प्रमुख समाचार

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन तत्कालका लागि कामयै राख्ने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने विषयमा कुनै निर्णय नगरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटल बताए ।

अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने बुर्लाकोटीले बताए । रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो ।

१० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

यो गठबन्धनमा रहेको जसपा, जनमत र नागरिक उन्मुक्तिसहित प्रचण्डले राष्ट्रपति चुनावमा कांग्रेसँग गठबन्धन गरेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् भने समर्थन पनि फिर्ता लिएका छन् । रास्वपा भने यसअघि नै सरकारबाट बाहिरिए पनि समर्थन कायमै राखेको छ ।

राष्ट्रपति निर्वाचनका लागि एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागेको तर पार्टीले पार्टीले कसलाई समर्थन गर्ने भन्ने निर्णय लिइ नसकेको पनि सहमहामन्त्री बुर्लाकोटीले बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १४:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।