काठमाडौं । सात दलीय सत्ता गठबन्धन टुटेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले १६ वटा मन्त्रालयको भारी बोकेर बसिरहेका छन् । नयाँ राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारे कुरा नमिल्दा नेकपा एमाले नेतृत्वको गठबन्धन टुट्न पुगेको हो ।
यससँगै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डमाथि १६ मन्त्रालयको भार थपिएको हो । एमाले नेतृत्वकाे गठबन्धन ताेडेर नयाँ आठ दलीय गठबन्धन बनाएकाे प्रचण्डले यस्तो अवस्थामा सरकार पुर्नगठन कहिले गर्लान् भन्नेतर्फ सबैको चासो छ ।
यही फागुन २५ गते राष्ट्रिपति निर्वाचन तय भएको छ । त्यसअघि नै सरकार पुर्नगठनका हुने/नहुने विषयमा दलहरुबीच छलफल हुन बाँकी रहेकाे नेताहरुकाे भनाइ छ । यसबारे नयाँ गठबन्धनका नेताहरुबीच तत्काल छलफल हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
राष्ट्रपति निर्वाचनअघि नै सरकार पुर्नगठन हुने सम्भावना कति छ ? भन्ने अनलाइनपानाको प्रश्नमा डा. महतले तत्काल दलहरुबीच छलफल हुने र तयसपछि नै यसबारे भन्न सकिने बताए । ‘अब तत्काल हामी छलफलमा बस्ने तयारीमा छौं’, उनले भने, ‘छलफलपछि नै यसबारे हामी निष्कर्षमा पुग्छौं ।’
- याे पनि…




















प्रतिक्रिया