Logo

राजनीति

कांग्रेस सांसद गुरुङ भ्रष्टाचारी ठहर



काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौं भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा उनी दोषी ठहर भएका हुन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको हो । यो मुद्दामा गुरुङसहित ११ जना दोषी ठहर भएका छन् । सजाय भने २५ फागुनमा सुनाइने भएको प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

उक्त मुद्दामा भोजबहादुर पोखरेल, अशोककुमार भट्टराई र टंकप्रसाद शर्माले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो । गुरुङ भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १९:५९   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।