Logo

प्रमुख समाचार

राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङको उम्मेदवारी कायम



काठमाडाैं । राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का नेता सुवास नेम्वाङ दुवैको उम्मेदवारी कायम भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको भए पनि दुवै नेताले फिर्ता नलिएपछि दुवैको उम्मेदवारी कायम भएको हो ।

राष्ट्रपतिका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ । निर्वाचनका लागि नेताहरू पौडेल र नेम्वाङको उम्मेदवारी रहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार २१:५४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।