Logo

प्रमुख समाचार

एमाले र कांग्रेसले पूर्वप्रतिबद्धता भुले : पूर्वमुख्यमन्त्री राई



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले नेकपा एमाले र नेपाली कांग्रेसले पूर्वप्रतिबद्धता भुलेर प्रदेशको नाम कोशी प्रस्ताव गरेको टिप्पणी गरेका छन् । बुधबार प्रदेश १ को प्रदेश सभा बैठकमा प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा प्रस्ताव गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले एमालेले संविधानसभाको दुईवटै चुनावको प्रतिबद्धतामा पहिचानसहितको प्रदेशको विषय उठाएको बताए । पहिलो संविधानसभामा पहिचान र भूगोल जोडेर नामकरण गर्ने गरी १३ वटासम्म प्रदेश मान्न सकिने भनी एमालेले नै प्रस्ताव गरेको दाबी गर्दै उनले अहिले पहिचानलाई मेट्ने गरी नाम प्रस्तुत गर्नु उचित नरहेको बताए ।

नेपाली कांग्रेसले पनि विगतमा पहिचानलाई स्वीकार गरेको तर, अहिले आफ्नो प्रतिबद्धतालाई लत्याएको उनको आरोप छ । ‘द्वन्द्व पनि मेटिने पहिचान पनि भेटिने नाम राख्नुपर्छ भनेको थियो कांग्रेसले’ उनले भने ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १७:४६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।