Logo

राजनीति

प्रदेश १ नामकरण सकस : प्रदेशसभा भवन अगाडि प्रदर्शन



विराटनगर । प्रदेश १ को नाम पहिचानका आधारमा राख्नुपर्ने मागसहित पहिचान पक्षधरहरुले प्रदर्शन गरेका छन् । लिम्बूवान, किराँत संयुक्त संघर्ष समितिलगायतले प्रदेससभा भवन अगाडि पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् । प्रदेशको नाम पहिचानलाई बेवास्ता गर्दै कोशी राख्न लागिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

नेकपा एमाले, कांग्रेस र माओवादी लगायतका ठूला दल कोशी राख्न सहमत भएसँगै बुधबारकै प्रदेशसभा बैठकमा यस प्रस्ताव पेश भएको थियो । यसमाथि छलफल पनि सकिसकेको छ । एकीकृत समाजवादी र जसपालगायतका दलले किराँत लिम्बुवान सगरमाथा प्रस्ताव गरेपनि उक्त नाम प्रदेशसभा अस्वीकृत गर्यो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार २०:२९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।