विराटनगर । प्रदेश १ को नाम ‘कोशी’ दुई तिहाईभन्दा बढी मतले पारित भएको छ । प्रदेशको नाम कोशी हुनुपर्ने पस्ताव नेकपा एमालेले संसद सचिवालयमा बुधबार बिहान दर्ता गरेको थियो ।
उक्त प्रस्तावको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले समर्थन गरेका हुन् । उक्त प्रस्तावमा मत विभाजन हुँदा सभामुख बाहेक ९२ जना सांसदमध्ये पक्षमा ८२ मत र विपक्षमा ४ मत प्राप्त भयो भने ६ जना अनुपस्थित रहे ।
यस्तै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने पहिचानआधारमा ‘किरात लिम्बुवान सगरमाथा’ नाम हुनुपर्ने प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्ताव नै प्रदेशसभाले पारित नगरेपछि मत विभाजनको प्रक्रियामा गएन ।




















प्रतिक्रिया