Logo

खेलकुद

यू–१९ विश्वकप छनोट : नेपालकाे खराब सुरुवात, पहिलो बलमै दीपक बोहरा आउट



काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्धको खेलमा नेपालका ओपनर दीपक बोहोरा ईनिङको पहिलो बलमा नै आउट भएका छन् ।

ईनिङको पहिलो बलमा नै बोहोरा हरिस शेठ्ठीको बलमा आउट भएका हुन् । अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर नेपालले ब्याटिङको निर्णय लिएको हो । समान अंक रहे पनि यूएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू९१९ विश्वकप खेल्न पाउनेछ ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  ११ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।