काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो ।
यस सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । यूएई भने पपुवा न्यु गिनीसँग पराजित भएको थियो ।
ईतिहास हेर्ने हो भने नेपालभन्दा यूएई बलियो देखिएपनि अहिलेको स्थितीमा नेपाल लगातार जित हात पारी रहेको छ । उता, यूएई भने खराब लयमा रहेको छ । लगातार पाँच एकदिवसीय अन्तराष्ट्रियमा अपराजित रहेको नेपाल जितलाई निरन्तरता दिन चाहन्छ ।
प्रतिक्रिया