Logo

राजनीति

माधव नेपाल भेट्न एमाले नेताहरु आलोकनगरमा



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेकपा एमालेका नेताहरुले आलोकनगर पुगेका छन् ।

राष्ट्रपति पदका उम्मेदवारसमेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङ अध्यक्ष नेपाललाई भेट्न बिहीबार बिहान नकपा एसको पार्टी कार्यालय आलोकनगर पुगेका हुन् ।

भेटमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बताइएको छ । राष्ट्रपति निर्वाचनमा भोट माग्न एमाले नेताहरु पार्टी कार्यालय आएको एकीकृत समाजवादीका एक नेताले बताए ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  ११ : ४९ बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।