काठमाडौं । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेको छ । राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङको पक्षमा नेकपा एसलाई मत मागेर फर्केपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपतिमा भोट माग्ने अभियानमा पहिलो पटक नेकपा एसका अध्यक्ष अध्यक्षसहित सबै पदाधिकारीसँग कुरा गरेको बताए।
‘हामीले सुवास नेम्वाङलाई भोट हाल्न अनुरोध गरेका छौँ। अहिलेको चुनौतीको बीचमा दुई पार्टीलाई एक गर्ने कुरामा हामीबीच एक खालको सहमति भएको छ’ गुरुङले भने, ‘यही अवसरलाई समातेर हामी फेरि पनि भेटघाट र छलफल अगाडि बढाउने दुई पक्षबीच साझा सहमति भएको छ।’
बिहीबार बिहान वार्ताका लागि नेकपा एसका कार्यालय आलोकनगरमा उम्मेदवार नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू पुगेका थिए ।
प्रतिक्रिया