काठमाडौं । राष्ट्रपतिका लागि आफूलाई मत माग्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै सांसदहरुलाई पत्र पठाएका छन् । उनले आफ्नो लेटरप्याडमा सांसदहरुलाई सम्बोधन गरी पत्र लेखेका हुन् ।
बिहीबार कांग्रेस–माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले काठमाडौंमा संघीय सांसदका लागि अभिमुखीकरण कार्यक्रम राखेका छन् ।
उक्त कार्यक्रममा राष्ट्रपतिका उम्मेदवार पौडेलले आफूले लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने प्रतिवद्धता जनाउँदै मत मागेका हुन् ।
प्रतिक्रिया