काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईद्वारा जितका लागि २०८ रनको लक्ष्य पाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले २०८ रनको लक्ष्य पाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ७ विकेट गुमाएर २०७ रन बनायो । यूएईका लागि ओपनर आसिफ खानले ९९ बलमा ७२ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गरे । रोहन मुस्ताफाले ७६ बलमा अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेल्दा आर्यन लाक्राले २८ रन बनाए । कप्तान सीपी रिजवानले २२ तथा वृत्य अरबिन्द १८ रनमा आउट हुँदा ओपनर मुहम्मद वासिमलाई शुन्य रनमा पहिलो ओभरमा नै आउट भएका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए । करण केसी, कुशल मल्ल र आरिफ शेखको नाममा समान १/१ विकेट रह्यो । यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । यूएई भने पपुवा न्यु गिनीसँग पराजित भएको थियो ।
प्रतिक्रिया