काठमाडौं । आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी भेट्न कारागार पुगेका छन् । केन्द्रीय कारागार डिल्लीबजारमा रहेका चौधरीलाई नेता पौडेलले बिहीबार भेटेका हुन् ।
भेटमा चौधरीले नेता पौडेललाई भोट हाल्नको लागि विभिन्न शर्त अघि सारेका छन् । स्रोतका अनुसार उनले नेता पौडेलसमक्ष सुदुरपश्चिम प्रदेशको नाम खप्तड थरुहट प्रदेश राख्नुपर्ने, टीकापुर घटनाको दोषीलाई रिहाइ गर्नुपर्ने, टीकापुरलाई छुट्टै जिल्ला घोषणा गर्नुपर्ने लगायतका सर्त राखेका छन् ।
प्रतिक्रिया