यो मेरो सरिर
यो मेरो भय्ब्य महल
यो महल भित्र को म
सबै सुख सुबिधा छ
सबै चिज को व्यवस्था छ
बातानुकुल कोठा छ
हरेक कोठा संगीतमय छ
स्वचालित यन्त्र हरु को अकल्पनीय भण्डार छ
तर पनि जब घर भित्र पुग्छु
लामो सास लिन्छु
फेरी मलाई बाहिर आउन मन लाग्छ
सिमा बिहिन ब्रम्हाण्ड हेर्न मन लाग्छ
त्यो हिलो, त्यो माटो, त्यो वर्षा
चिसो हावा , उज्यालो/ अध्यारो आकास
हुरी बतास मेघा गर्जन
तो चट्ययंग को नाच
पारि देखिने इन्द्रधनुस को सुन्दरता
टुकु टुकु हिड्ने बालक को सरलता
मलाई फेरि नाच्न मन लाग्छ
मलाई फेरि बाच्न मन लाग्छ
२० फाल्गुन २०७९, शनिबार १०:५९
0
Shares














प्रतिक्रिया