Logo

राजनीति

स्ववियु निर्वाचन : अनेरास्ववियुबाट आरआर क्याम्पस सभापतिमा सुजीताको चर्चा



काठमाडौं । आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । जसका लागि विद्यार्थी नेताहरूको दौडधुप समेत बढेको छ ।

स्ववियु टिकटका लागि विद्यार्थी नेताहरू कसरतमा छन् । रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा पनि स्ववियु निर्वाचनको सरगर्मी बढेको छ । आर आर क्याम्पसका १७ राजनीतिक संघ संगठनले स्ववियु चुनावका लागि संगठन दर्ता गराएका छन् ।

आरआरको सबैभन्दा ठुलो संगठन अनेरास्ववियुले पनि स्ववियु निर्वाचनका लागि तयारी तीव्र पारेको छ । आरआर क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापतिका लागि ७ जनाको नाम केन्द्रमा सिफारिस भएको छ ।

अनेरास्ववियु आरआरका संयोजक लोकेश खड्का, स्थायी कमिटी सदस्य सुजीता धिताल, स्थायी कमिटी सदस्य धर्म न्यौपाने, केन्द्रीय सदस्य उज्वल खड्का, केन्द्रीय सदस्य मदन भण्डारी, राज न्यौपाने र दिलिप खड्काको नाम सिफारिस भएको छ ।

स्ववियु सभापतिका दावेदार ७ जनामध्ये सुजीता एक्लि महिला हुन् । विद्यार्थीहरू माझ चर्चित विद्यार्थी नेता उनी यसपटक स्ववियु सभापतिको लागि आकांक्षी छिन् । आरआर क्याम्पसमा विद्यार्थीहरुको हक र हितका लागि निरन्तर आवाज उठाउने सुजीता नेतृत्वमा पुग्ने योजनामा छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार ११:४५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।