काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । एन्फाले आइतबार प्यालेस्टाइन जाने नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली आइतबार नै त्यसतर्फ प्रस्थान गर्ने छन् ।
छनोटको पहिलो चरणमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्याण्ड रहेको छ । नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ ।
छनोटबाट समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।
नेपाली टोलीमा गोलकिपर : कविता विक, सावित्री किसन, लिला जोशी छन् भने डिफेन्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ छन् ।
यस्तै, मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही तथा फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन छन् ।




















प्रतिक्रिया