काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोजिएको आरोप लगाएका छन् । विगतको घटनालाई लिएर निहुँ खोज्न थालिएको भन्दै उनले यसविरुद्ध पूर्व माओवादीहरु एक हुनुपर्ने उनले बताए ।
सहिद तथा वेपत्ता योद्धा सन्तती फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा भट्टराईले भने, ‘एउटा बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ? जिस्क्याएको होइन ?’ यस्ता मुद्दाहरुमा सहकार्य गर्नुपर्ने उनले बताए । ‘हामी सबै मिलेर किन सडकमा निस्कन सक्दैनौं ? सक्छौं’, भट्टराईले अघि भने, ‘सक्नेहरु विचार मिल्नेहरुको एउटै पाटी बनाउन, विचारमा अलि फरक हुनेहरु मोर्चा बनाउँ, त्यो नबनाउने हो भने कार्यगत एकता गरौं र यस्ता मुद्दाहरुमा सहकार्य गरौं ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वर्षअघि दिएको राजनीतिक अभिव्यक्तिलाई लिएर सर्वोच्च अदाललते गरेको निर्णयप्रति भट्टराईले प्रश्न उठाएका हुन् ।
उनले नयाँ आधारमा नयाँ एकता सम्भव भएको भन्दै भने, ‘माओवादी पृष्ठभूमिमा गर्व छ, माओवादी भन्न आपत्ति छैन । तर अबको युगमा माओवादी भन्ने पुच्छर राखेर पार्टी बनाइराख्नु आवश्यक छैन । मिल्न सक्नेहरु एकै ठाउँमा आउँ, एउटै पार्टी बनाउँ । समय लाग्छ भने पहिला एउटा गठबन्धनरमोर्चा बनाउँ । त्यो पनि सकिन्न भने कार्यगत एकता गरौं ।’
कार्यक्रममा माओवादी आन्दोलनका शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, धर्मेन्द्र बास्तोला, कर्णजित बुढाथोकी लगायत सहभागी थिए ।




















प्रतिक्रिया