Logo

प्रमुख समाचार

राष्ट्रपतिमा आफूलाई सघाउन राप्रपासँग पौडेलको आग्रह



काठमाडौं । आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार बनेका रामचन्द्र पौडेलले आफूलाई सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आग्रह गरेका छन् ।

गठबन्धनका नेताहरुसहित राप्रपाको कार्यालयमा पुगेर पौडेलले आफू लोकतन्त्रको रक्षाका लागि राष्ट्रपतिको उम्मेदवार बनेको भन्दै सहयोगको आग्रह गरेका थिए ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार जवाफमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपति चुनावका बारेमा पार्टीमा छलफल गरेर निर्णय गर्ने बताए ।

कांग्रेस उम्मेदवार पौडेललाई नेकपा माओवादी केन्द्रसहितका १० दलको समर्थन छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार २०:५७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।