Logo

प्रमुख समाचार

एमालेले उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने, कसको संम्भावना कति ?



नेकपा एमालेले उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने भएको छ । उम्मेदवार तय गर्न शनिबार विहान सचिवालय बैठक बोलाइएको एमालेले जनाएको छ ।

निर्वाचन आयोगले संविधानको धारा ३८ को उपधारा ४३ किटेर निर्देशन जारी गरेकाले महिला नै उम्मेदवार उठाउनुपर्ने बाध्यता दलहरुलाई रहेको एमाले केन्द्रीय सदस्यसमेत रहेका पूर्व महान्यायाधिवक्ता रमेश बडालले बताए ।

सो धारामा राज्यका सबै निकायमा महिलाले समानुपातिक समावेशी प्रतिनिधित्व गर्न पाउने हक उल्लेख छ । यसका आधारमा महिला नै उम्मेदवार उठाउने एमालेले तयारी गरेको छ ।

एमालेले राष्ट्रपतिमा जस्तै उपराष्ट्रपतिमा पनि सिनियर महिला नेतालाई उठाउने तयारी गरेको छ । पहिलो प्राथमिकता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई दिइने र उनले नमानेमा मधेशी, जनजाति वा दलित महिलाबाट उम्मेदवार बनाइने एमाले स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १९:२७   :  बजे

768
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।