Logo

प्रमुख समाचार

उपराष्ट्रपति निर्वाचन : सत्ता गठबन्धनमा सहमति जुटेन, तीन जनाले उम्मेदवारी दिने



काठमाडौं । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दिने भएका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका हुन् ।

जनमतबाट ममता झा उम्मेदवार बन्ने बैठकमा सहभागी जनमतका उपाध्यक्षसमेत रहेका खानेपानी मन्त्री अब्दुल खानले जानकारी दिए । यसैगरी जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तय भएको छ ।

एमालेले भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार ११:१९   :  बजे

402
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।