Logo

राजनीति

स्ववियु निर्वाचन : टिकट वितरणलाई सहज बनाउन नेविसंघमा ३ सदस्यीय समिति गठन



काठमाडौं । आसन्न (स्ववियु) निर्वाचनमा टिकट वतरणलाई सहज बनाउने नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ती सदस्य समिति बनाएको छ । नेविसंघभित्र विवाद कायम भइराखेकोले टिकट वितरणलाई सहज बनाउन फरक–फरक समूहको प्रतिनिधित्व हुने गरी तीन समिति गठन गरिएको हो ।

समितिमा संस्थापन पक्षबाट नेविसंघ अध्यक्ष दुजाङ् शेर्पा रहेका छन् भने शेखर–गगन समूहबाट प्रेमिका राना छन् । अर्की सदस्य सिर्जना मल्ल पूर्व विद्यार्थी नेता हुन् । त्रिविमा स्ववियु निर्वाचनका लागि आजै उम्मेदवारी दर्ताको मिति तोकिएको छ, तर नेविसंघभित्रको विवादका कारण उम्मेदवारको टुंगो लागिसकेको छैन ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार १२:०५   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।