आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ । नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ९:३० बजे सुरु हुनेछ ।
पछिल्ला १० खेलमा नेपालले ९ वटामा जित हाँसिल गरेको छ । आजको खेलमा पनि जित निकाल्दै विश्वकप क्वालिफायर खेल्ने सम्भावना कायमै राख्न चाहन्छ ।
लिग-२ को अन्तिम सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको थियो । आइतबार भएको खेलमा नेपालले यूएईविरुद्ध १७७ रनको जित निकाल्दै एक दिवसीय मान्यता जोगाएको थियो ।
नेपाल ३४ खेलबाट ३६ अङ्क सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।




















प्रतिक्रिया