Logo

खेलकुद

म्यान अफ दि म्याचको अवार्ड पाएपछी भावुक बने सन्दीप



पपुवा न्यूगिनीविरुद्धको म्याचमा स्पिनर सन्दीप लामिछाने म्यान अफ दि म्याच भएका छन् । सन्दीपले खेलमा ५ विकेट लिएका थिए ।

म्याच अफ द म्याचको अवार्ड लिएपछि सन्दीप भावुक बनेका थिए । उनले आँशु पुछ्दै नेपालका लागि खेल्न पाउनु आफ्नो भाग्य रहेको बताए । ‘भविष्यमा पनि म आफ्नो देशका लागि योगदान दिन चाहन्छु,’ उनले भने ।

पाटन उच्च अदालतले धरौटीमा छोडेपछि टीममा फर्किएका सन्दीप उच्च फर्ममा छन् । त्यसयता लगातार विकेट लिइरहे पनि म्यान अफ दि म्याच भने पहिलोपटक भएका हुन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ०८:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।