चिनियाँ राष्ट्रपति सी जिनफिङले मंगलबार एक कार्यक्रमबीच कोभिड–१९ विरुद्ध चीनको ‘जनयुद्ध’ का ‘हिरो’ को सम्मान गरेका छन् । उनले सो अवसरमा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले यसको नियन्त्रणमा खेलेको निर्णायक भूमिकाको पनि प्रशंसा गरे ।
अमेरिकालगायत केही देशहरुले चीनको सुरुवाती असफलताले विश्वभर कोरोनाभाइरसको महामारी फैलिएको आरोपलाई खण्डन गर्दै चीनले खुला र पारदर्शी तरिकाले काम गरेको र निर्णायक कदम चालेर लाखौँको ज्यान जोगाएको स्पष्ट पारे ।
‘चीनले मानवताका लागि समान भविष्य र समाज निर्माण गर्ने इमान्दार प्रयत्न प्रस्तुत गर्दै व्यावहारिक कदमबाट विश्वभरका लाखौँ मानिसको ज्यान जोगाउन सहयोग गरेको छ,’ सीले बेइजिग्रेट हल अफ पिपलमा आयोजित कार्यक्रममा सीले भने ।
उनले महामारी पछि चीन आर्थिक बृद्धिमा फर्कने पहिलो मुख्य अर्थतन्त्र भएको विषयमा जोड दिँदै यसले देशको प्राणलाई प्रस्तुत गरेको बताए ।
कार्यक्रममा सीले चीनमा कोरोनाभाइरसविरुद्धको अभियानमा मुख्य भूमिका निर्वाह गर्ने कोरोनाभाइरस विशेषज्ञ तथा शीर्ष स्वास्थ्य सल्लाहकार झोङ नानसानलाई देशको सबैभन्दा उच्च सम्मान ‘मेडल अफ द रिपब्लिक’ बाट सम्मान गरे ।
प्रतिक्रिया