Logo

राजनीति

समानुपातिक सांसदबारे निर्णय जसपाले बाेलायाे केन्द्रीय कार्यकारिणी समिति बैठक



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबारका लागि बोलाइएको छ । पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने बैठकमा समानुपातिक सांसदबारे निर्णय हुने बताइएको छ ।

जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभा तर्फको एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १५:३०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।