काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा जाँदा आफूहरुको पहिलो प्राथमिकता गृह मन्त्रालय रहने बताएका छन् । उपराष्ट्रपति निर्वाचनको क्रममा संसद भवनमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
‘अहिलेसम्म पार्टीमा कसले नेतृत्व गर्ने र कति मन्त्रालय लिने भन्नेबारेमा खास छलफल भएको छैन । तर, हाम्रो पार्टीले तीनवटा मन्त्रालय नघट्ने गरी दाबी गर्छ । राष्ट्रपति कांग्रेसले, उपराष्ट्रपति जसपाले, माओवादीले प्रधानमन्त्री रोज्यो’, उनले भने, ‘अहिलेको समीकरणभित्रको चौथो ठूलो दल भएकाले पहिलो प्राथमिकता हामीले गृहलाई नै दिन्छौं ।’
नेता पाण्डेले प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने पनि बताए । उनले अब लगभग दुई बर्षपछि पार्टी अध्यक्ष माधव नेपाल पनि डेढ वर्षका लागि प्रधानमन्त्री बन्ने दाबी गरे ।




















प्रतिक्रिया