काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन् ।
उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि संसद भवनभित्र रहेको प्रधानमन्त्री कक्षमा उनीहरूबीच छलफल भएको हो । नेताहरुबीच प्रधानमन्त्री लिन लागेका विश्वासको मत, सरकारलाई पूर्णता दिनेलगायत समसायिक विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिँदैछन् ।




















प्रतिक्रिया