काठमाडौं । निर्वाचन आयोगले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई प्रमाण पत्र प्रदान गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यादवलाई प्रमाण पत्र प्रदान गरेका हुन् ।
आज भएको निर्वाचनमा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झालाई पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपतिमा यादव निर्वाचित भएका हुन् । यादव ३० हजार ३२८ मतभारसहित विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए ।
निर्वाचित भएका यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए ।




















प्रतिक्रिया