Logo

प्रमुख समाचार

राष्ट्रपति पौडेलद्वारा भारतीय समकक्षी मुर्मूलाई नेपाल भ्रमणको निम्तो



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय समकक्षी द्रौपदी मुर्मूलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । शुक्रबार भारतीय राष्ट्रपति मुर्मूले टेलिफोन गरेर पौडेललाई बधाई दिएको र त्यसक्रममा पौडेलले मुर्मुलाई नेपाल भ्रमणको निम्तो दिएको राष्ट्रपति पौडेलका प्रमुख स्वकीय सचिव सुरेशचन्द्र चालिसेले जानकारी दिए ।

भारतको केरला राज्यको भ्रमणमा रहेकी मुर्मूले राष्ट्रपतिमा पदभार ग्रहण गरेकोमा पौडेललाई शुक्रबार बधाई दिएकी हुन् । भारतको राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार संवादका क्रममा राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपति मुर्मूले विश्वास व्यक्त गरेकी थिइन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार २२:४७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।