काठमाडौं । नेकपा एमालेले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक हतारिएर पारित गर्न नहुने बताएकाे छ । एमाले प्रमुख सचेतक पदम गिरीले विधेयक अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको भन्दै संसदबाट हतारका साथ पारित गर्न नहुने बताएका हुन् ।
शनिबार सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गिरीले यो विधेयकलाई संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताए ।
प्रमुख सचेतक गिरीले संसदमा पेस भइसकेपछि संसदमा विभिन्न ढंगले विधेयकमा छलफल हुने र संशोधन हुने बताए । उनले यसलाई टुंगोमा पुर्याउन भने संसदीय समितिमा नै छलफल गर्नुपर्ने आवश्यक्ता औंल्याए । विधेयकमा अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको भन्दै उनले संसदबाट हतारका साथ पारित गरेर जानु नहुने बताए ।




















प्रतिक्रिया